तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जको सीमा नाकामा अलपत्र परेका १६ नेपालीको उद्दार

नेपालगन्ज  । बाँकको नेपालगन्जस्थित जमुनाहा सीमा नाकामा अलपत्र परेका १६ जना नेपालीको आज साँझ उद्दार गरिएको छ ।

दुई दिनदेखि अलपत्र परेका उनीहरुलाई उद्दार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।

भारतको गुजरातबाट उनीहरु हिजो (बुधबार) नेपालगन्ज नाकामा आइपुगेका थिए । उनीहरुको समूहमा दुई महिला र दुई बालक पनि छन् । उनीहरु मध्ये एक जना सुर्खेत र की सबै दैलेखका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button