तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरस(कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई तिव्रता दिन मकवानपुरमा कमाण्ड पोष्ट गठन

मकवानपुर । मकवानपुरमा कोरोना भाईरस(कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिन कमाण्ड पोष्ट गठन गरिएको छ ।

आज (विहिवार) बसेको सर्वदलीय बैठकले विश्वव्यापी रुपमा देखिएको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कमाण्ड पोष्ट गठन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतमा बसेको बैठकले कमाण्ड पोष्ट गठन गरिएको छ ।

समितिमा जिल्ला समन्वय समितिका अधिकृत, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक, जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपेरीटेन्डेड र उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहनुभएको छ ।

बैठकले सबै सदस्यहरुलाई बिशेष जिम्मेवारी समेत तोकिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो ।

बैठकले जिल्ला समन्वय समितिका अधिकृत भीमलाल मर्जजनलाई जिल्लाका १० वटै स्थानीय तहका एक सय दुई वटै वडामा भारतलगाययत तेस्रो मुलुकबाट आएका श्रमिकको लगत संकलन गर्नुका साथै ती व्यक्तिहरुको हालको स्वास्थ्य अवस्थाका बारेमा विवरण तयार पार्ने जिममेवारी दिईएको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकालाई नगर भित्रका स्वास्थ्य सम्बन्धी लगत संकलन गर्नुका साथै आजबाट हेटौंडा–११ मा सञ्चालित ३० वेडको क्वारेन्टाईनको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिईएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्वास्थ्य कार्यालय मकवानपुरलाई जिल्लाको स्वास्थ्य गतिविधिको तथ्याङक संकलन गर्नुका साथै स्वास्थ्य कर्माचरीले प्रयोग गर्ने (पीपीईं) को व्यवस्थापनको जिम्मेवारी दिएको छ । भने, हेटौंडा–४ स्थित श्रमिक माविमा सञ्चालित आईसियु र आईसोलेसन वार्डको व्यवस्थापन हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेन्डेड प्रविन श्रेष्ठले गर्ने र यसको सहयोगिको भुमिकामा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्यशाखा प्रमुख भोला चौलागाईले गर्ने निर्णय भएको छ ।

उद्योग वाणिज्य संघ मकवानपुरलाई नेपाल सरकारद्धारा घोषित लकडाउनको समयमा अत्यावश्यक सामग्रीको सहज आपुर्ती तथा व्यवस्थापन एवम् लकडाउनको समयमा हुन सक्ने सम्भावित कालोबजारी समेतको निगरानी गर्ने जिम्मेवारी दिईएको छ ।

यसका साथै कोरोना भाईरस भाइरस (¬कोभिड–१९)को सम्भावित संक्रमणको जोखिम तथा रोकथाम तथा नियन्त्रण गर्न सेल्फ क्वारेन्टाईन तथा होम क्वारेन्टाईनलाई स्थानीयस्तरमा प्रभावकारी रुपमा पालना गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसका साथै जिल्लास्थित सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्नुका साथै अझै व्यवस्थित गर्ने जिम्मेवारी तीन वटै सुरक्षा निकायलाई दिईएको प्रमुख खुलालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button