तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा लकडाउन उल्लंघन गर्नेको संख्यामा कमी


चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुको संख्यामा कमी आएको छ । त्यस्ता सवारी चालक र व्यक्तिहरुलाई प्रहरीले चेकजांँच कडाई र कारवाही गरेपछि उक्त संख्यामा कमी आएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवत्ता एकनारायण कोइरालाले चेकजांँच मा कडाई र कारवाही गर्न थालेपछि लकडाउन उल्लंघन गर्ने व्यक्तिको संख्यामा कमी आएको बताउनु भयो । उहांँका अनुसार आज दिनभर २९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । ती मध्ये अटेर गर्ने १४ जनालाई जरीवानाको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । यसअघि बुधबार प्रहरीले लकडाउनको दोस्रो दिन आदेश उल्लंघन गर्ने २२३ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३० जनालाई प्रशासनले जनही १ हजार रुपैयांँ जरीवाना लिएर छाडेको थियो ।

लकडाउनको पहिलो दिन मंगलबार अवज्ञा गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मध्ये केहीलाइृ जरीवानको लागि प्रशासन कार्यालय पठाएको थियो । दिउसो खासै चहलपहल नबढेपनि बिहान र सांँझ अनावश्यक रुपमा मानिसहरु निस्कन थालेपछि प्रहरीले यसलाई पनि नियन्त्रण गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button