तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली अस्पताल भर्ना,आजै डिस्चार्ज हुने

फाइल तस्बिर

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई बिहीबार रातिदेखि मुटुको धड्कन बढ्ने समस्या देखिएपछि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको  उहाँका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको छ ।

थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य भइसकेको छ । प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने उहाँका निजी चिकित्सक प्राडा. दिव्यासिंह शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button