तपाईँ सुन्दै हुनुहुन्छः

सवारी पास दुरुपयोग गर्ने गाडी नियन्त्रणमा

मेलम्ची । सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकुजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङको नेत्रुत्वमा खटिएको टोलीले काठमाडौंबाट पाँच पोखरी थाङपाल जाँदै गरेको उक्त गाडी विहान ६ बजे मेलम्चीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय चौताराबाट माक्स खरिद गरेर ल्याउन भनि लिएको पासको दुरुपयोग गरी ल्यान्डकुजरमा १३ जना यात्रु बोकेर हिडेको पाइएपछि सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यात्रु र चालकलाई ३० मिनेट कोरना रोकथामको बारेमा सचेतना दिएर छोडिएको छ भने बा ३ च ३४९० नबरको ल्यान्डक्रुजर प्रहरी नियण्त्रणमा रहेको प्रहरी निरिक्षक तामाङले जानकारी दिनुभयो ।

प्रहरीले पासको दुरुपयोग नगर्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button