तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा १७ बेडको चार आइसोलेसन

मेलम्ची । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण (कोभिड १९)का बिरामीका उपचारार्थ जिल्लामा चार वटा आइसोलेसन वार्ड तयारी गरिएको छ ।

सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पताल, मेलम्ची र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला समन्वय समितिको नया भवन र मेलम्ची नगरपालिकाको नव निर्मित भवनलाई समेत आइसोलेसनको रूपमा प्रयोगमा ल्याइने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

प्रत्येक पालिकामा एक क्वारेन्टाइन चारैवटा केन्द्रमा गरी जम्मा १७ वेडको आइसोलेसन तयारी गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिनुभयो ।

‘१७ वेडको आईसोलेसन तयारी अवस्थामा छ,’ अधिकृत चापागाईल भन्नुभयो, ‘बाह्रै वटा स्थानीय तहले कम्तिमा एक क्वारेन्टाईनको लागि तयारी गरेको छ ।’ उहाँले सबै आइसोलेसन स्वास्थ्य केन्द्रमै सञ्चालन हुने हुँदा औषधी र स्वास्थ्यकर्मी उपलब्ध भएको समेत बताउनुभयो ।

जिल्लामा हालसम्म कोरोना भाइरस(कोभिड १९)सँग लक्षण मिल्ने बिरामी नभेटिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले प्रष्टाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button