तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना राहतः बागलुङले दिवा खाना खुवाउने

गलकोट। बागलुङ नगरपालिकाले लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने भएको छ । यस्तै नगरपालिकाले लकडाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको कामलाई समेत अगाडि बढाएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

शनिबारदेखि कुडुँलेको शालग्राम सङ्ग्रहालय तथा वेद विद्याश्रमको संयोजनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाइने भएको हो ।
यस्तै नगरपालिकाले बजार क्षेत्रमा कोरोना रोकथामका लागि कीटनाशक औषधि छर्ने कार्य गर्नसमेत थालेको छ । यस्तैगरी नगरपालिकाले रु १५ लाखको राहत तथा उद्धार कोष स्थापना गर्ने भएको जनाउँदै यसमा थप सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button