तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरमा आलु, प्याज र रिचार्ज काडको कालोबजारी गर्ने ११ जना पक्राउ

जनकपुरधाम । जनकपुरको बिभिन्न स्थानबाट लकडाउनको मौका छोपी ग्यास, आलु, प्याज र रिचार्ज कार्ड बढी मूल्य लिएर कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाईमा रहेको संयुक्त बजार अनुगमन टोलीले आलु र प्याजको कालोबजारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

बजार अनुगमन टोलीले आलु प्रति किलो ६० र प्याज प्रति किलो ८० मा बेचिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नं १६ कपिलेश्वर बस्ने वर्ष ५२ बर्षीय राम अनुठ ठाकुर, वडा नं १२ बस्ने बस्ने ३५ वर्षीय जित साह , वडा नं ४ बस्ने ५० बर्षीय बिनोद कुमार साह, ४८ बर्षीय कुशेश्वर चौधरी, वडा नं ७ बस्ने २८ बर्षीय अजय साह, २४ बर्षीय प्रविन साह , वडा नं ४ बस्ने ४३ बर्षीय राज किशोर यादव रहेका छन् । वडा नं. १ बस्ने ३१ बर्षीय गुलजार शेख र ३१ बर्षीय प्रमोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तैगरी ग्यासको कालोबजारी गरेकोे आरोपमा जनकपुर उपमहानगरपालिका वडा नंं ४ बस्ने १९ बर्षीय कुनदन कुमार साह, रिचार्ज कार्डको कालोबजारी गरेको आरोपमा जनकपुरधाम वडा नंं ४ बस्ने २६ बर्षीय बिकास कुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरमा प्रति सिलिन्डर ग्यास एक हजार सात र रु. ५० को रिचार्ज कार्ड ६० मा बेचिरहेको सुचनाका आधारमा अनुगमन गर्ने क्रममा साह तथा महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि मंगलबार पनि आलु र प्याजको कालोबजारी गर्ने तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button