तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरका चारवटै नगरपालिकाका एम्बुलेन्स संक्रमित बिरामीलाई बोक्न तयारी अवस्थामा

फाइल तस्बिर

भक्तपुर । कोरोना भाइरस(कोभिड–१९) संक्रमित बिरामीलाई आइसोलेटेड अस्पतालसम्म पुर्याउनका लागि तैयारी अवस्थामा राखिएका जिल्लाका चारवटै नगरपालिकाका एम्बुलेन्सका चालकलाई भक्तपुर अस्पतालमा सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको छ ।

यदि संक्रमित बिरामी फेला परे बिरामी बोक्न स्वरुप परिवर्तन गरि तयारी अवस्थामा राखिएका चारवटा एम्बुलन्सका चालकले आफ्नो स्वास्थ्य जोखिममा पारेर बिरामी बोक्नु पर्ने अवस्था आएको गुनासो एम्बुलेन्स चालकहरुले गरिरहेका बेलामा उनीहरुलाई सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको हो ।

नेपाली सेना बीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेलको पहलमा ल्याईएको सामाग्रीहरु चालकहरुलाई हस्तान्तरण गरिएको हो ।

चालकहरुलाई गणका गणपति कर्णेल पौडेलले सुरक्षित पोशाक पर्सनल प्रोटेक्सन इक्विप्मेण्ट, एन नाइन्टिफाईभ मास्क, भाइरस निर्मलीकरण गर्ने स्प्रे किट एक–एक सेट प्रदान गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाले रु.४० लाख रुपैयामा ल्याएको नया एम्बुलेन्स र जिल्लाका सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाले पनि चलिरहेका एम्बुलेन्सको स्वरुपलाई परिवर्तन गरि चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरी कोरोना संक्रमित रिामी मात्रै बोक्न तयारी अव्स्थामा राखेका छन् ।

सामाग्री हस्तान्तरणपछि चार जना एम्बुलेन्स चालकलाई भक्तपुर अस्पतालका चिकित्सक टोलीले पिपिइ सेट, पञ्जा लगायतका सुरक्षित सामाग्री लगाउने तरिका र कोरोना विरामीलाई ह्यान्डलिङ्ग गर्ने तरिकाबारेमा तालिम प्रदान गरेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button