तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा बिदेशबाट फर्किएकालाई खोज्न प्रहरी परिचालन

सुनसरी । सुनसरीमा बिश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस(कोभिड–१९)को उच्च सतर्कता अपनाइएको छ । पहिलो चरणमा सचेतना दिइएको जिल्लामा अहिले बिदेशबाट फर्किएकाहरुलाई खोज्न जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी परिचालन गरेको छ ।

सुनसरी जिल्लामा भारतसहित अन्य देशबाट आएका सबैलाई खोज्न थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो ।

एक महिनाको बीचमा स्वदेश फर्किएकालाई खोज्न थालिएको र बिदेशबाट सबैलाई स्थानीयस्तरमा बनाएका क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राखिने भएको छ ।

सुनसरीको १२ वटै स्थानीय तहका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका प्रमुख र सुनसरी प्रहरीको समन्वयमा उनीहरूको खोजी गरी विवरण समेत सङ्कलन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

गृह मन्त्रालयले बिदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि उनीहरूको खोजी थालिएको साथै सुनसरीमा एक महिनाको अवधिमा विदेशबाट आउनेहरू प्राय भारत, चीन, जापान, कतार, दुबई, कतार, साउदी, फ्रान्स, इटली लगायतका कति जना जिल्ला भित्र आए भन्ने तथ्याङ्क निकाल्ने काम समेत भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button