तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका एक नेपालीसहित १९ पर्यटकको उद्दार

सोलुखुम्बु । सोलुखुम्बुको लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका एक नेपाली सहित १८ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपालमा लगडाउन भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकहरुको उद्दार गरी काठमाडाँै लगिएको हो ।

उद्दार गरिएका मध्ये एक जना नेपाली पथप्रर्दशकसहित १८ जना विदेशी रहेको नागरिक उड्यन प्राविधकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १४ जना फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौं पठाइएको छ भने डाइनास्टी एयरको हेलिकप्टरले दुई जना र सिम्रिक एयरको हेलिकप्टरले तीन जनाको उद्दार गरेको हो ।

अहिले पनि लुक्लामा करिब एक सय ५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button