तपाईँ सुन्दै हुनुहुन्छः

‘लकडाउन’ अवज्ञा गर्दै भिडभाड गर्ने, आवतजावत गर्नेको संख्या बढेपछि गाँउका यूवाले गरे बाटो बन्द

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँमा ‘लकडाउन’ अवधिभर कोही पनि नआउन मुख्य बाटोलाई बन्द गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मानवजातीलाई संकटमा पार्नसक्ने जोखिमलाई रोक्न सरकारले गरेको ‘लकडाउन’ अवज्ञा गर्दै भिडभाड गर्ने, आवतजावत गर्ने तथा घुमफिर गर्नेको संख्या बढेपछि गाउँका यूवाले मुख्य बाटो नै खम्बा, गाडेर, काँडा हाली बन्द गरेका हुन् ।

लडकडाउनको पुर्ण रुपमा कार्यान्वयन नभएको क्रमिक रुपमा क्वारेन्टाईन बस्नेको संख्या बढ्दै गएपछि लुड्कु गाउँमा कसैलाई नआउन बाटै बन्द गरिएको बताइएको छ ।

नाग्म गमगडी सडकखण्डको मुख्य बजार गुठिज्युलामा नजिक पर्छ लुड्कु गाउँ । जहाँ प्रसिद्ध कनकासुन्दरी मन्दिर, बिराट राजाको दरबार भएकाले पनि दैनिक मान्छेको भिडभाड हुने गर्दछ । कोरोनाको त्रासले आफ्नै परिवार एकआपसमा बस्ने अवस्था छैन् । लकडाउनका बीचमा पनि अनावश्यक डुलुवा मानिसको आवतजावत बढेपछि मुख्य बाटो नै काँडा हालेर बन्द गरिएको ५ नम्बर वडाध्यक्ष विर्खबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार गाउँका भित्रिने तीनवटै नाकामा खम्बासहित काठ तथा काँडा राखी पुर्णरुपमा बाटो बन्द गरिएको छ ।

गाउँमा कोही पनि नआउन सूचना समेत गरिएको छ । यदपी बाटो नै बन्द गर्दा पनि आवतजावत नरोकिए प्रहरी लगाए नियन्यत्रणमा लिने समेत सूचना गरिएको छ ।

करिब एक महिना अवधीका लागि ईष्टमित्र, छोरी ज्वाई लगायत गाउँकै स्थानीय पनि अत्याआवश्यक काम बाहेक ओहोरदोहोर नगर्न सूचना गरिएको स्थानीय उपेन्द्र न्यौपानेले बताउनुभयो ।

लकडाउनको चौँथो दिन कनकासुन्दरी गाउँपालिकाले गाउँमा प्रबेश निषेध भनि निर्णय गरेर अन्य गाउँका सर्वधारणलाई पाठ सिकाएको छ । गाउँको बाटो बन्द हुँदा करिब दर्जनबढी गाउँको आवतजावत पनि बन्द हुनेछ ।

लकडाउन कार्यान्वयनका लागि बुधबार आक्रमक बनेको जिल्ला प्रशासनले लुडकु गाउँमा गरिएको बाटो बन्दलाई कोरोना संक्रमणबाट बच्ने उत्तम उपायका रुपमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

उहाँले लकडाउन अवधि बढाएको खण्डमा जुम्लाका सम्पुर्ण गाउँहरुको जावतजावत हुने पुल तथा बाटोहरु बन्द गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button