तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको अशंकामा तीनजना आइसोलेसनमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चाकको भोटेकोसी गाउँपालिका वडा न ४ का तीन जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको अशंकामा आइसोलेशनमा राखिएको छ ।

गत माघ २७ गते इराकबाट फर्किएकी ३४ बर्षीया निमास्याङबो शेर्पा, उहाँको १७ बर्षीया छोरी याङगी शेर्पा र सोही स्थानका ८० बर्षीय छिरिङदोर्जे लामालाई सुख्खा रुघाखोकी लागेपछि बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा राखि उपचार सुरु गरिएको बाह्रविसे स्वास्थ्य केन्द्रले जनाएको छ ।

आइसोलेसनमा राखिएका तीनै जनाको युटिएम टेष्ट किट नभएका कारण नमूना संकलन हुन नसकेको डा. किशोर सुब्बाले बताउनुभयो । शुक्रबार साँझसम्म किट आइपुग्ने र नमूना संकलन गरेर शनिबार परीक्षणका लागि सरुवा रोग अस्पताल टेकु पठाउने तयारी रहेको डा। सुब्वाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button