तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन कार्यान्वयन गराउन युवाद्वारा सडक अवरुद्ध

सप्तरी । कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउन गत मङ्गलवारदेखि आह्वान गरिएको ‘लकडाउन’ सप्तरीमा तेस्रो दिन पूर्णरूपमा कार्यान्वयन भइरेको छ ।

लकडाउनमा यहाँका सर्वसाधारणको पूर्ण समर्थन देखिएका छन् भने केही अत्यावश्यक कामकाजले बाहिर निस्केका सर्वसाधारलाई पनि नेपाल र सशस्त्र प्रहरीले सचेत गराइरहेका छन् ।

यसैक्रममा केही युवाहरूले हुलाक सडक अवरुद्ध गरेका छन् । शम्भुनाथ नगरपालिका १२ अर्नाहास्थित स्थानीय युवाहरुले सडक जाम गरेका हुन् । कोराना भाइरसबाट बच्न र बचाउनका लागि अपरिचित व्यक्तिहरुको आवागमन बन्द गरेको स्थानीयहरुले बताएका छन् ।

यद्यपि अत्यावश्यक सवारीसाधनलाई निर्वाद रुपमा जान दिईरहेको स्थानीय वडा अध्यक्ष लक्ष्मी साहले जानकारी दिनुभयो ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका–९ स्थित पथरगाढामा सडकमै बाँसको भाडा लगाएका कारण सडक पूर्ण रुपमा ठप्प भएको छ । सो आसपासका गाउँ पनि युवाहरूले सडक जाम गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button