तपाईँ सुन्दै हुनुहुन्छः

माईभ्याली फुटबल क्लबले इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिई सहयोग गर्ने

इलाम । इलाममा रहेको माईभ्याली फुटबल क्लबले इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट – पिपिई ० उपलव्ध गराउने भएको छ ।

कोरोना भाइरस ९कोभिड १९० संक्रमणको महामारीको बेला स्वास्थ्यकर्मी पिपिईको अभावमा सामान्य मास्कको भरमा काम गर्नु परेको भन्दै पिपिई उपलब्ध गराउने क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनु भएको छ ।

विश्व मानव जातीलाई सुरक्षित गर्न जीवन दाउमा राखेर खटेका स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि सबै नागरिकले सोच पुर्याउनु पर्ने अवस्था आएकोले क्लबले यस्तो निर्णय गरेका चेम्जोङले बताउनुभयो ।

क्लबले ५० जना स्वास्थ्यकर्मीलाई ५५ हजार मुल्य बराबरको पिपिई उपलव्ध गराउने जनाएको छ ।

५० सैयाको इलाम अस्पतालमा अहिले १५ बेडको क्वारेन्टाइन बनाइएको छ । क्लबले यसअघि जिल्लामा स्थापना हुने कोरोना प्रतिकार्य कोषमा ५० हजार जम्मा गर्ने जनाइसकेको छ ।

संकटको समयमा सबै नागरिक एकजुट भएर लाग्न आवश्यक भएकोले क्लबको तर्फबाट कोषमा रकम जम्मा गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button