तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको बेला जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक पक्राउ

बीरगंज । लकडाउनको बेला जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने एक भारतीय नागरिकलाई आज पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसौनीभाठा नाकाबाट प्रहरीले रोक्दा रोक्दै जबरजस्ती प्रहरीलाई नै कुटपिट गरी नेपाल प्रवेश गर्न खोजेका पाँच जना भारतीय नागरिक मध्ये भारत विहार पूर्वीचम्पारण कुकुईया टोल निवासी ३५ बर्षीय अवधेश महतोलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

अन्य चार जना भारत तर्फ भागेर गएको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । पक्राउ परेका महतोलाई थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button