तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको भरतपुरमा कोरोनाको संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु गरिएको छ । महानगरपालिकाले आज नारायणगढ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न सुरु गरेको हो ।

आज लकाडाउनको चौँथो दिनबाट महानगरले यो अभियान थालनी गरेको हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले संक्रमण हुन नदिनका लागि डिसइन्फेक्सन छर्न थालिएको जानकारी दिनुभयो ।

नगरप्रमुख दाहालले भन्न्ुभयो–‘आजदेखि बजार क्षेत्रमा छर्न सुरु गरेका छौं, बिस्तारै ग्रामीण भेगमा समेत छर्न सुरु गर्छौ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button