तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा नै ‘पिपिई’को उत्पादन सुरु

फाइल तस्बिर

बाँके । कोरोना भाईस संक्रमितहरुको उपचारमा संलग्न डाक्टरले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट)को उत्पादन नेपालगन्जमै सुरु भएको छ ।

देशभर पिपिईको अभाव देखिएको बेला नेपालगन्जकै एक ईण्डष्ट्रिजले ‘पिपिई’ को उत्पादन सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलमा रहेको लुम्बिनी ईण्डष्ट्रिज प्रा.लि. ले उपमहानगरपालिकाको माग पूर्तिका लागि पिपिई उत्पादन सुरु गरेको हो ।

अहिलेसम्म एक हजार पिस पिपिई उत्पादन गरीसकेको र उपमहानगरपालिकाले माग गरेको एक हजार सात सय पिस पिपिई उत्पादनको क्रममा रहेको उद्योगका सञ्चालक कश्मीरा खातुनले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जका डाक्टर पारस पाण्डेले दिएको डिजाईन अनुसार आफुहरुले पिपिई उत्पादन गरिरहेको खातुनले बताउनुभयो । पछिल्लो समय बाँकेका अलावा सुर्खेत, बर्दिया, दाङ र चितवनबाट समेत पिपिईको माग बढिरहेको बताउँदै खातुनले पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघको माग अनुसार एक हजार पिस पिपिई उत्पादन गरिएको जानकारी दिनुभयो ।

अन्य समयमा वर्षातका लागि आवश्यक रेनकोट उत्पादन गर्दै आएको उद्योगले कोरोना भाईरस (कोभि १९)को संक्रमण देखिएपछि सरोकारवालाहरुको सुझावका आधारमा पिपिई उत्पादन गर्न सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button