तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा ५० करोडको विपद् कोष स्थापना


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोराना भाइरस बिरुद्धको अभियानलाई प्रदेशमा विभिन्न चरणबाट काम शुरु गरिएको बताउनुभएको छ ।

उहाँले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले ५० करोडको विपद् व्यवस्थापन कोष खडा गरी हेल्थ डेस्क, क्वारेन्टाइन एवं आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई शुरु तलव स्केलको ५० प्रतिशतसँगै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई शतप्रतिशत थप तलव सुविधा उपलब्ध गराईने व्यवस्था मिलाईएको जानकारी दिनु भयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार कर्णालीबासीको नाममा सम्बोधन गर्दै कोरोना रोकथामको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने भएकाले यस्तो प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो ।

अतिरिक्त सेवा सुविधाबाट स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीको मनोवल बढ्ने प्रदेश सरकारले अपेक्षा राखेको उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले सम्बोधनमार्फत प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी एवं निजीक्षेत्रलाई समेत आग्रह गर्नुभयो । यस्तै लकडाउन र संकटको अवस्थामा आवश्यक दैनिक उपभोग्य सामग्री सहजरुपमा उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्दे उहाँले लकडाउन अवधिभर घरमै बसेर सुरक्षित रहनसमेत कर्णालीबासीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button