तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङद्वारा सहयोगको घोषणा


मनहरी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको पहलमा बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङले सहयोगको घोषणा गर्नु भएको छ ।

शुक्रबार विज्ञप्ती प्रकाशन गरी उहाँले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिने घोषणा गर्नु भएको हो । तीनवटै गाउँपालिकाको कोषमा २० हजार रुपियाँको दरले रकम जम्मा गरिदिने प्रतिबद्धता उहाँले गर्नु भएको विज्ञप्तीमा उल्लेख छ । आफूले पाउँदै आएको पारिश्रमिकमध्ये डेढ महिनाको रकम कोरोना भाइरसको संक्रमण रोक्नका लागि खर्च गर्ने घोषणा गरिएको बागमती प्रदेश सभा सदस्य चेपाङले जानकारी दिनुभयो । उहाँ सातवटै प्रदेशका सांसदहरु मध्ये एक्लो चेपाङ सांसद हुनुहुन्छ ।

‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भन्नुभयो । उहाँले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गर्नु भएको छ ।

यसैबीच सांसद चेपाङले भारतबाट आउने नेपाली नागरिकहरु सीमाक्षेत्रमा अलपत्र परेको प्रति चासो ब्यक्त गर्दै चाडै उनीहरुको उद्धार हुनुपर्ने र क्वारेन्टाइनमा राखिनुपर्ने भन्दै सरकारसँग माग गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button