तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सुरुगर्यो इन्डक्सन चुलोको विक्री

काठमाडौं । लकडाउनका कारण ग्याँसको माग ह्वात्तै बढेपछि सरकारले विधुत्तबाट चल्ने इन्डक्सन चुलोको प्रयोगका लागि सर्वसाधारणलाई आह्वान गरेको छ ।

इन्डक्सन चुलो प्रयोग गरेमा सरकारले विधुत्त महसुलमा समेत छुट दिने बताएपछि यो चुलोको माग पनि बजारमा बढिरहेको छ ।

काठमाण्डौ थापाथलीस्थित पहिलाको खाद्य गोदाम रहेको र हालखाद्य व्यबस्था तथा व्यापार कम्पनीको गोदाम र भक्तपुरको सूर्यविनायकस्थित विक्री कक्षबाट बिदाको दिनबाहेक इन्डक्सन चुलो खरिद गर्न सकिने जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ट्विटमार्फत् दिनुभएको छ ।

सचिव अर्यालका अनुसार, चीनमा निर्मित इन्डक्सनको मूल्य हाल चार हजार रुपियाँ कायम गरिएको छ र कम्पनीको विक्री कक्षबाट बिना कुनै कागजात खरिद गर्न सकिने तर घरघरमा चुलो पुर्याउन नसकिने प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button