तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन आएको नेपाल एयरलाइन्सको जहाज दुर्घटना

बाँके । काठमाडौंबाट नेपालगन्ज आइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)को जहाज दुर्घटनामा परेको छ । कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन आइरहेको नेपाल एयरलाइन्सको 9NAKU-E कल साईन भएको जहाज नेपालगन्ज बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको (नेपाल एयरलाइन्स नेपालगन्जका स्टेशन प्रमुख प्रशान्त विकले जानकारी दिनुभयो ।

बिहान ११ः३५मा दुर्घटनामा परेको विमानमा चालक दलका तीन सदस्यसहित दुई जना डाक्टर गरि पाँच जना सवार रहेका थिए ।जहाजभित्र रहेका सबैैको उद्दार गरिएको र सबै सकुशल रहेको स्टेशन प्रमुख विकले जानकारी दिनुभएको छ ।

स्टेशन प्रमुख विकका अनुसार जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा जमिन नछुदै दुर्घटना भइ घाँसे मैदानमा घस्रिन पुगेको थियो ।

विमानस्थल वरपरका स्थानीयका अनुसार धावनमार्गमा पुग्नेबेला अवतरणका क्रममा आकाशमै जहाज अनियन्त्रित भएको देखिएको थियो ।

नेपाल लकडाउनका कारण विमान र यातायात सबै बन्द भएकाले नेपाल सरकारले कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन सरकारी विमान नेपाल एयरलाइन्स नेपालगन्ज पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button