तपाईँ सुन्दै हुनुहुन्छः

छेत्रेश्वरी गाउँपालिकाद्वारा २३ वेडको क्वारेनटाइन स्थापना

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले २३ वेडको क्वारेनटाइन निमार्ण गरेको छ । कोरोना भाइरस (कोभिड-१९ )बाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले क्वारेनटाइन स्थापना गरेको हो ।

सर्वसाधारणहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै क्वारेनटाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।

छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकी, जयचौर स्वास्थ्य चौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५/५ वेड र प्राथमिक स्वास्थ्य चौकी लेखपोखरामा आठ वेडको क्वारेनटाइन निमार्ण गरिएको उहाँको भनाई छ ।

क्वारेनटाइनमा आवश्यक औषधी र उपकरणहरुको समेत व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिकाका चार स्थानमा क्वारेनटाइन निमार्ण गरेका छौँ । कारोना संक्रमित कुनै व्यक्ति आएका क्वारेनटाइनमा राखी थप उपचारका लागि बाहिर रिफर गर्ने छौं ।

कोरोना संक्रमितहरुको सख्यामा वृद्धि आएका विद्यालय तथा सामुदायिक भवनहरु समेत प्रयोगमा ल्याउन सकिने उहाँको भनाई छ ।

 कोरोना भाइरस (कोभिड-१९ ) सक्रमितको अत्यावश्यक उपचारका लागि तीन एम्बुलेन्स तयारी अवस्थामा
यस्तै छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९ ) सक्रमितको अत्यावश्यक उपचारका लागि तीन एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।

भाइरसको संक्रमणको आशंका लागेमा थप उपचारका लागि जानु परेमा २४ सै घण्टा सेवा दिन एम्बुलेन्स तयार पारेको अध्यक्ष केसीले बताउनुभयो ।

गाउँपालिकाका जुनसुकै स्थानबाट पनि उपचारका लागि एम्बुलेन्सको प्रयोग गर्न सकिने उहाँको भनाई छ ।

महामारीको यस अवधिमा गाउँ टोलमा कोही शंकास्पद वा संक्रमित व्यक्ति भेटिएमा खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । साथै उहाँले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन, भिडभाड नगर्न, अनावश्यक भेटघाट नगर्न र संयमित भएर घरमै बस्न समेत सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button