तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको लामोसाँघुमा डिसइन्फेक्सन छर्कियो

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सिन्धुपाल्चोकमा किटनासक औषधी डिसइन्फेक्सन छर्किएको छ ।

बलेफी र सुनकोसी गाउँपालिका अन्तर्गत पर्ने लामोसाँघु बजारमा डिस्इन्फेक्सन औषधी छर्किएको हो ।

लामोसाँगुस्थित साँस्कृतिक तथा वातावरण संरक्षण मञ्चको अगुवाइमा बजारभरिका घर सडक, बाटो, शसस्त्र प्रहरीको बेस क्यामलगायत धारो चौतारामा सो औषधी छर्किएको मञ्चका अध्यक्ष विष्णु शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button