तपाईँ सुन्दै हुनुहुन्छः

शिकार खेल्न जाँदा बन्दुक पड्किएर युवकको मृत्यु

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीका एक युवकको शिकार खेल्ने क्रममा बन्दुक पड्किएर मृत्यु भएको छ । सुन्द्रावतीका मानबहादु थामीको २८ बर्षीय छोरा शिव थामीको बन्दुक पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुमा शिव थामीको मृत्यु घाँस काट्ने क्रममा रुखबाट लडेर भएको भनि जानकारी आएपनि घट्ना प्रकृति र लासको अवस्था हेर्दा शङ्कापद देखि अनुसन्धान गर्दै जाँदा थामीको मृत्यु शिकार खेल्न जाँदा बन्दुक पड्किएर भएको कुरा खुल्न आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

थामीको मृत्यु कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ लापिलाङको कडेन हरियाली सामुदायीक बन अन्र्तगत छिरुवा खोला पुछारमा मृगको शिकार गर्ने क्रममा बन्दुक पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्ना शंकास्पद देखिएपछि मृतकसँगै शिकार खेल्न गएका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ का ४४ बर्षका ध्रुब थामी, २८ बर्षको सुकविर थामी, ४५ बर्षको बाबुराम थामी र ३० बर्षको बावु थामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा तीन नाल भरुवा बन्दुक, छर्रा, बारद, उक थान खुकुरी, एक थान गुलेली र तीन थान टर्च लाईट वडा नम्बर ९ को सुक्राम सामुदायिक बनको भीरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button