तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन लम्बिने सम्भावना

काठमाण्डौ । मन्त्रिपरिषदको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । त्यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा दिउसो बस्ने कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय बैठकले लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले लकडाउनको अवधि थप्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने र मन्त्रीपरिषदको आज अपरान्ह बस्ने बैठकबाट त्यसबारेमा निर्णय लिइने बुझिएको छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र १० गते कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय अनुरुप हाल मुलुक लकडाउनको छैटौ दिनमा रहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउनलाई विश्वभरि नै प्रभावकारी बनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button