तपाईँ सुन्दै हुनुहुन्छः

ज्यालादारी र बिपन्न २५ परिवारलाई खाद्यान्न र ग्यास सहयोग

तनहुँ । ज्यालादारी काम गरी दैनिकी जीवनयापन गर्ने र बिशेषगरी घरको ढलानमा सामुहिक सहभागी हुने परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

शनिबार व्यास नगरपालिका वडा नम्बर १२ स्थित चेपाङ, घर्ती र तामाङ समुदाय लगाएतको विभिन्न २३ घर परिवारलाई छिमेकी सहयोग अभियान अन्तर्गत चामल हस्तान्तरण गरिएको हो ।

व्यास युवा क्लब सञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सल्लाहकार तथा सामाजिक युवा अभियान्ता लक्ष्मी भक्त खनालले संयुक्त रूपमा सो सामान हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नको लागि देश नै लकडाउन हुँदा खाद्यान्न सकिएर असहज हुन थालेपछि खाद्यान्न वितरण गरिएको सामाजिक अभियन्ता खनालले बताउनुभयो ।

हाल लकडाउनको अवस्थामा सबै काम ठप्प हुँदा व्यासनगर क्षेत्र वरपर दैनिक काम गरि कमाएमा खान पाउने नत्र भोको बस्नुपर्ने वर्गहका लागि खानाको जोहो गर्ने सोचमा छिमेकी अभियान सञ्चालन गरिएको हो ।

नेपाल सरकारको निर्देशनको कारण थोरै संख्या र कोरोनाबाट बच्न र बचाउनको लागि व्यास युवा क्लब सञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सामाजिक युवा अभियान्ता लक्ष्मीभक्त खनाल दुईजना मात्र फिल्डमा लागेका छन् ।

साथै पारर्द्शिताको लागि चामल लिनेको तस्बिर र विवरण आफ्नो फेसबुक पेजमा समेत राख्ने गरेको उनीहरुले बताउछन् ।

दमौलीका सुनिल घिमिरे र सुरेश घिमिरेबाट ८ बोरा चामल, श्याम मौरतीबाट ५ बोरा चामल, सन्तोष गोदारबाट ५ बोरा चामल र पोखरा निबासी अर्जुन केसीबाट ५ बोरा चामल गरि कुल २३ बोरा चामल उपलब्ध भएको थियो ।

आर्थिक क्षेत्रबाट पिछाडिएका उक्त बस्तीमा थोरै भएपनि राहत प्रदान गर्दा अन्य व्यक्तिलाई पनि सहयोग गर्न प्रोत्साहन मिल्ने बिश्वास गरिएको व्यास युवा क्लब सञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खाना नपाएकालाई सहयोग गर्ने हाम्रो अभियान अनुरुप बिपन्न परिवार पहिचान गरी उनीहरुलाई सहयोग गरिएको हो ।’

त्यस्तै उक्त अभियानमा शनिबार नै व्यास नगरपालिका–१० निवासी एकल महिला प्रमिला बुढा मगरलाई एक थान ग्याँस र व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी मिना परियारलाई एक बोरा चामल वितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button