तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको चर्चित ब्रान्ड बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने

काठमाडौँ । नेपालको चर्चित ब्रान्ड बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने भएको छ । कोभिड‍ १९ का कारण मुलुक लकडाउनमा परेको बेला अहोरात्र खटिरहेका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउन लागेको हो

बाजेको सेकुवाको म्यानेजर सञ्जिव तिमल्सिनाका अनुसार जनताको जीउ ज्यानको सुरक्षामा खटिएका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन उपलब्ध गराएर सहयोग गर्न खोजिएको हो ।

‘तपाईँ हामी सबैको स्वास्थ्य र सुरक्षाका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई अस्पतालसम्म निःशुल्क खाना खुवाउने सोच अनुसार यो काम गरिएको हो, तिमल्सिनाले भन्नुभयोे, ”सानै भए पनि यो सहयोगले उहाँहरुलाई थप हौसला र प्रेरणा मिल्छ भन्ने विश्वास लिएका छौं ।” उहाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर भोजन वितरण गर्न लागेको बताउनुभयो ।

तत्कालिन अवस्थामा बाजेको सेकुवाले पाटन अस्पताल, ह्याम्स अस्पताल र केमएसीमा खाना पुर्‍याउँदैछ । चिकित्सक र सुरक्षाकर्मीबाहेक अत्यावश्यक परेका दैनिक ज्यालादारीमा गुजारा चलाउने मजदुरलाई पनि निःशुल्क खाना वितरण गर्ने उहाँले बताउनुभएके छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button