तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर अस्पतालमा आईसोलेसनमा रहेका आठजनको कोरोना संक्रमण परिक्षणको रिपोर्ट नेगेटिभ

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको छैटाँै दिनसम्म भक्तपुरमा कुनै पनि व्यक्तिमा संक्रमण भएको पाइएको छैन् ।

भक्तपुर अस्पतालले शंकाको आधारमा अस्पतालको आइसोलेसन वार्डमा चेकजाँच गरेका पन्ध्र मध्ये आठ जनाको रिर्पोट नेगेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ ।

उनीहरुमा ज्वरो आउने र रुघा खोकीको लक्षण देखिएको थियो । शंकाको आधारमा अस्पतालले उनीहरुको स्वाव परिक्षणको लागि टेकु पठाएको र आठ जनामा नेगेटिभ पाइएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.सुमित्रा गौतमले बताउनुभयो ।

डा.गौतमले हालसम्म भक्तपुरमा कोरोना संक्रमित बिरामी फेला नपरेको बताउँदै बाकीको रिपोर्ट पनि नेगेटिभ आउने उहाँको बिश्वास छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले भक्तपुरमा बिदेशबाट फर्कने नेपालीको संख्या एक सय चार रहेको र उनीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताउनुभयो ।

स्थानीय तहको तथ्याँकलाई हेर्दा भने यो संख्या एक सय ६५ देखाइएको छ । उनीहरुमा पनि कोरोना भाइरसको लक्षण हालसम्म नदेखिएको र सेल्फ क्वारेन्टाइनमा बसिरहेको स्थानीय तहका प्रतिनिधिले बताएका छन् ।
यदि कुनै पनि त्यस्तो खालको लक्षण देखिए उनीहरुलाई घरसम्म लिन जाने र स्वास्थ्य परिक्षण गरिने ब्यवस्था समेत मिलाएको प्रधानले जानकारी दिनुभयो ।

यसका लागि चारै स्थानीय तहमा चार एम्बुलेन्स र पिपिसी सहितका चालक समेत तयारी अवस्थामा २४ घन्टा रहेको प्रधानले जानकारी दिनुभयो । भक्तपुर जिल्लामै भक्तपुर अस्पताल नै आईसोलेसनको बिशेष अस्पताल रहेको छ ।

त्यस्तै गत हप्ता बिदेशबाट फर्किएका खरिपाटि क्वारेन्टाइनमा रहेका ९६ जनाको समेत स्वाब परिक्षण भएको छैन् । उनीहरुमा त्यस्को कुनै पनि लक्षण देखा नपरेकाले १४औं दिनमा परिक्षण पश्चात घर पठाइने प्रधानले जानकारी दिनुभयो ।

लकडाउनको समयमा राजमार्ग चोक लगायतमा सवारी साधानको आगमन आकस्मिक बाहेक सुनसान रहेको छ भने अत्यावश्यक सवारी साधनलाई पास उपलब्ध गराएर सञ्चालन गर्न दिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button