तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनले मजदुरहरू मारमा, चितवनबाट हिँडेरै घर फर्कँदै


चितवन । लकडाउनका कारण ज्याला–मजदुरी गरेर जीवन निर्वाह गरिरहेकाहरु विशेष गरी मारमा परेका छन् । हुने खानेले त जम्मा गरेर राखेकै छन् तर हुँदा खानेलाई लकडाउन अभिसाप बनेको छ ।

सरकारले जनताको स्वास्थ्य र सम्भावित जोखिमलाई न्युनिकरण गरेको लकडाउन प्रशंसनीय काम हो । तर दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समस्या पर्न सुरु भइसकेको छ ।

भारतदेखि ज्याला–मजदुरीका लागि चितवनका बिभिन्न क्षेत्रमा काम गर्नेहरु पनि छन् । बढी नेपालकै तराई मुलका जनताका छन् । लकडाउनका कारण अत्यावश्यक बाहेकका पसल बन्द छन् ।

अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् । लकडाउन कहिलेसम्म हुने हो भन्ने शंकाका बीच चितवनमा कामका लागि आएकाहरु हिँडेरै घर फर्कन सुरु गरेका छन् । भारतको मोतिहारीसम्मका कामदारहरु हिँडेरै घर फर्कँदै गरेको पाईएको छ ।
भरतपुर क्यान्सर अस्पताल गेट अगाडी भाडामा बसेर डकर्मी काम गर्दै आएका रुस्तम अलिसहितको टोली घर फर्कँदै गर्दा पूवृपश्चिम राजमार्ग अन्र्तगत रत्ननगरको शान्तिचोकमा भेटिए । करिब १५ जनाको टोलीमा रहेका उनीहरु गम्छाले घाम छेक्दै पिचको किनार हुँदै हिँडिरहेका थिए ।

‘काम गर्ने अवस्था रहेन, यहाँ बसेर खान समस्या भयो’, निकै भोको जस्तो देखिएका अलिले भने, ‘घरमा गए जस्तो हुन्छ त्यस्तो त खान पाईन्छ ।’अलिको टोली भारतको मोतिहारी हिँडेर जाँदै थिए ।

त्यस्तै सौराहा प्रवेशद्धार सौराहा चोकमा भरतपुरबाट हिँडेर आएका बाराका श्याम कुमार घरको छेल पारेर सौराहा चोकमा थकाई मारी बसिरहेका थिए ।

बजारको अवस्था बुझ्न जाने क्रममा भेटिएका श्यामकुमारले भने –‘बन्द जस्तै छ । काम गर्न पाइएन । यहाँ बसेर कसरी खानु रु’

घर पुग्न तीन चार दिन लाग्ने भएपनि हिँडेरै जान लागेको अर्का एक जनाले प्रतिक्रिया दिए । उनीहरु केवल प्रतिनिधि पात्र मात्र हुन् । बाहिरी जिल्लाबाट आएर काम गर्ने चितवनमा धेरै छन् । चितवनमा सबै जिल्लाका मानिसहरुको बसोबास छ । काम गर्नेहरु पनि बाहिरी जिल्लाका प्रशस्त छन् । यो बेला चैते धान रोपाईको समय भएकाले तराई मुलका नागरिकहरु थुप्रै छन् । उनीहरु घर जान चाहन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button