तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा २० बेडको क्वारेन्टाइन निर्माण

भोजपुर । विश्वभरी फैलिएको कोरोना भाइसर (कोभिड- १९)को संक्रमण फैलिन नदिन भोजपुर सदरमुकामदेखि उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकाले २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ भने चार वटा सीमा नाकामा हेल्थ डेक्स स्थापना गरेको छ ।

गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र बिभिन्न वडामा २० वेडको क्वारेन्टाईन कक्ष र गाउँपालिका प्रवेश गर्ने चार वटा सीमा नाकामा हेल्थ डेक्स स्थापना गरेको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिनुभयो ।

गाउँपालिकाका स्थानीय तथा गाउँपालिका आवतजावत गर्ने नागरिकलाई लक्षित गर्दै हेल्थ डेक्स र क्वारेन्टाईन कक्ष स्थापना गरिएको अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाकाले कुलुङ्गको गौडेनी, बुम्लीङ्ग, तामुटार र दोभानेमा हेल्थ डेक्स राख्नुका साथै उक्त स्थानहरुमा माक्स र सोनिटाइजर समेत वितरण समेत गरेका छ ।

कोही शंकास्पद व्यक्ति फेला परेमा उपचार तथा उद्धारका लागि समेत प्रत्येक वडामा एक लाखका दरले बजेटको समेत ब्यवस्था गरिएको छ ।

गाउँपालिका अध्यक्ष महेश राईको संयोजकत्वमा गाउँपालिकास्तरीय विपत समिति र प्रत्येक वडाका वडाअध्यक्षको संयोजकत्वमा चार सदस्य विपत वडा समिति गठन समेत गरिएको जनाइएको छ ।

हाल गाउँपालिकाको प्रत्येक वडा कार्यालय, गाउँपालिका कार्यालय, सरकारी एंव गैरसरकारी कार्यालयमा प्रवेश गर्नु पुर्व साबुन पानीले हात धुने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button