तपाईँ सुन्दै हुनुहुन्छः

अछामको मंगलसेन नगरपालिकाद्वारा ३० लाखकाे काेराेना उपचार काेष स्थापना 

फाइल तस्बिर

अछाम ।  अछामको मंगलसेन नगरपालिकाले ३० लाखको कोरोना भाईरस संक्रमण रोकथाम एवम् निवारणसहित उपचार कोष स्थापना गरेको छ ।

बिश्वमा मशामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ बाट कोही पनि व्यक्ति संक्रमित नहोस् र आवश्यक परे सहयोगका लागि तत्काल नगरले ३० लाख बजेट छुट्याएर कोष स्थापना गरेको नगर प्रमुुख पदम बहादुर बोहराले बताउनुभयो ।

नगरपालिकाले जिल्ला कृषि बिकास बैँक अछाममा खाता सञ्चालन गरि नगरका प्रत्येक जनप्रतिनिधिले ५ दिनको बैठक भत्ता र नगरका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीबाट तीन दिन बराबरको तलब खातामा जम्मा गर्ने उहाँले बताउनुभयो ।

मानवीय सहायतका लागि यो अभियान थालेको र कृषि विकास बैँक मंगलसेनमा ०८२२७०१७००९०१० नम्बरको खाता सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

हाल मंगलसैनमा क्वारेन्टाइन समेत स्थापना गरि ५० जनाको व्यवस्थापन भइरहेको नगरप्रमुख बोहराले बताउनुभयो । प्रदेश सरकारबाट पनि उपचार कोषमा रकम आउने जानकारी मिलेको भन्दै नगरप्रमुख बोहराले नागरिकलाई राहत हुने कार्य गर्नेतर्फ समेत नगरपालिकाले योजना बनाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button