तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहिन चेपाङको घरमा आगलागी हुंँदा एक बालिकाको जलेर मृत्यु

चितवन । चितवनको माडीमा रहेको एक भूमिहिन चेपाङको घरमा आगलागी हुंँदा बालिकाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज अपरान्ह १ः०० बजेर ३५ मिनेट जाँदा माडी नगरपालिका वडा नम्बर ७ करही खोला नजिकै रहेको भूमिहिन राजकुमार चेपाङको नजिकै बारीमा लगाएको आगो उडेर घरमा लागेको थियो ।

घरमा आगो सल्किएपछि घरभित्र सुतिरहेकी उनकी ९ बर्षकी छोरी रजिना चेपाङलाई पोल्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हाल स्थानीय प्रहरी टोलीले घटनाको बारे अनुसन्धान र्भरहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button