तपाईँ सुन्दै हुनुहुन्छः

सोलार सर्ट भएर आगलागी हुदाँ भोजपुरमा एक घर पूर्णरुपमा जलेर नष्ट

भोजपुर  । भोजपुर सदरमुकामबाट उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा आज सोलार सर्ट भएर आगलागी हुदाँ एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

साल्पासिलिछो गाँउपालिका वडा नम्वर २ कुलुङ ठोट्नेरी बस्ने मदन राईको ढुङगा माटोले बनेको फुसको छानो भएको दुई तले घरमा सोलारको तार सर्ट भई आगलागी हुदाँ उनको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डब राजवंशीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक राजवंशीका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, काठपात र भाँडा वर्तन जलेर नष्ट भएको छ ।

प्रहरी चौकी कुलुङबाट गएको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो एक बजे नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button