तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्धारा कोरोना भाइरसको संक्रमण रोकथामका लागी सिमावर्ती जिल्लाका सुरक्षा प्रमुख र जनप्रतिनिधिसंग छलफल

वीरगन्ज । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रेकाहरुको पहिचान तथा सुरक्षित व्ययवस्थानका विषयमा तीन जिल्लाका जनप्रतिनिधी तथा सुरक्षा अधिकारीहरु बिच आइतबार वृहत छलफल भएको छ । बाराको परवानीपुर स्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले आयोजना गरेको बारा, पर्सा र रौतहट जिल्लाका सेनाका पदाधिकारी, सुरक्षा प्रमुख एवम स्थानिय निकायका प्रमुख तथा सरकारी अस्पतालका पदाधिकारी बिच भएको बैठकमा कोराना रोगबाट आउन सक्ने चुनौतीहरुको बारेमा छलफल भएको हो ।

छलफलमा विश्वव्यापी महामारीको रुपमा रहेको कारोना रोगको संक्रमणको वर्तमान अवस्था तथा सम्भावित चुनौतिहरुको बारेमा नेपाली सेनाका वाहिनी पति अनुप जंग थापाले जानकारी गराउनु भएको थियो । संक्रमणलाई न्युनिकरण गर्न भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको पहिचान गरी क्वारेनटाइनमा व्यवस्थापन गर्नुका साथै रोगको लक्षण देखिएमा त्यसको उपचार लगायतका बारेमा बैठकमा बिस्तृत छलफल भएको थियो ।

सिमावर्ती तीन जिल्लामा विदेशबाट आएकाहरुकोे सुचि संकलन गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाको निगरानी गर्दै सुरक्षित स्थानमा क्वारेन्टाइन गर्ने कुरामा जोड दिइएको थियो । आवश्यकता अनुसार सेनालाई परिचालन गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम स्थानिय जनप्रतिधिहरु सहितको टोली स्थानिय निकायमा परिचालन गर्ने बिषयमा छलफल समेत भएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताउनु भयो

बैठकमा २२ नम्बर बाहिनीका बाहिनिपती अनुपजंग थापाले बहिरबाट आएकाहरुबाटै संक्रमण फैलिने सम्भावना भएकाले त्यस्ता व्यक्तिको पहिचानका गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकको बताउनुभयो ।

बैठकमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले कोरोना विरुद्धको लडाइमा सबै भन्दा अगाडीको मोर्चामा उभिएका स्वास्थ्यकर्मीहरुको जिवन विमा र आवश्यकता अनुसार उपचारका लागि आवस्यक उपकरणको प्रवन्ध स्थानिय निकायले पनि गराउन तयार रहेको बताउनु भयो । उहाँले बाहिरबाट आएकाहरुको सुचि संकलनका लागि स्थानिय तहका कर्मचारी तथा जन प्रतिनीधीहरुलाई परिचालन गरि सुरक्षा निकायहरुलाई सक्दो सहयोग गर्नुका साथै लक डाउनको क्रममा घर भित्र रहेका सर्वसाधारणलाई उत्पन्न भएको समस्याहरुलाई क्रमिक रुपमा न्युनिकरण गर्न सुरक्षा निकाय तथा जनप्रतिनिधिहरु बिचको सामंजस्याताको आवश्यकता औल्याउनु भएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button