तपाईँ सुन्दै हुनुहुन्छः

कतारबाट आएकी युवतीको रिर्पोट नेगेटिभ

फाइल तस्बिर

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीको क्वरेन्टाइनमा बस्दै आएकी एक युवतिको रिर्पोट नेगेटीभ आएको छ । गत चैत्र १२ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी बबई गाउँपालिका–२ ट्वाङखोला निबासी २१ बर्षकी लक्ष्मी वलीको रिर्पोट नेगेटीभ आएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको संक्रमण भएको या नभएको पत्ता लगाउन नमुना परीक्षणका लागि वलीको स्वाप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपतालमा पठाइएको थियो । फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंगै जहाजमा आएका मध्य लक्ष्मीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । लक्ष्मी कतारबाट गएको ४ गते नेपाल आएकी थिइन । रिर्पोट नेगेटीभ आएसंगै उनलाई अस्पताले घर पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button