तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड–१९) : तनहुँको बजार क्षेत्रमा किटनाशक औषधि छर्कियो (फोटोफिचर)

तनहुँ । तनहुँको दमौली बजारमा किटनाशक औषधी छर्किएको छ । व्यास नगरपालिका वडा नं ३ अन्तर्गत दमौली बजारको विभिन्न भागमा कोरोना भाइरसलाई लक्षित गर्दै किटनाशक औषधी छर्किएको व्यास–३ का वडा सदस्य रबिन पौडेलले बताउनुभयो ।

बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई बजार क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र बजार क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, तरकारी बजार लगायत ठाउँहरुमा किटनाशक औषधी छरिएको वडा सदस्य पौडेलले बताउनुभयो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग उहाँले आग्रह समेत गर्नुभएको छ ।

आइतबार दमौलीस्थित प्रशासनचोकदेखि पशु कार्यालय, निमचोक, महर्षि चोकलगायतका स्थानहरुमा किटनाशक औषधी छरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button