तपाईँ सुन्दै हुनुहुन्छः

ज्वरो र खोकीको लक्षण देखिएका बिरामी अस्पतालको गेटबाटै फिर्ता

पाल्पा । बगनासकाली पोखराथोकका २० बर्षीय दामोदर कुमाललाई पाल्पाका ठूला अस्पतालले नै उपचार नगरी फर्काएका छन् ।ज्वरो र खोकीको लक्षण देखिएका कुमाललाई अस्पतालले फर्काइदिएका छन ।

तानसेनस्थित युनाइटेड मिशन अस्पतालले उपचारका लागि बेड नभएको भन्दै फिर्ता गरेको हो ।

त्यस्तै लुम्बिनी मेडिकल कलेजले कुमाललाई एम्बुलेन्सबाटै फर्काइदिएको हो ।

गत चैत ९ गते भारतको मुम्बईबाट फर्कनुभएका कुमाललाई ज्वरो आउने, खोकी लाग्ने, थकान महसुस हुने लक्षण देखिएको छ ।

बिरामीलाई अस्पतालले फर्काउन नमिल्ने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानले बताउनुभयो ।

यता लुम्विनी मेडिकल कलेज प्रभासका निर्देशक डा. राजु शाक्यले ज्वरो र खोकी नदेखिएपछि बिरामीलाइ अस्पतालबाट फिर्ता गरेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button