तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ : ‘प्राप्त सामग्रीको तत्काल आपूर्ति गर्न र थप उपकरण र सामग्री तत्काल ल्याउने प्रवन्ध मिलाउन आग्रह’

फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना भाईरस(कोभिड–१९) नियन्त्रण, न्यूनिकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेशहरु र जिल्लाहरुमा पुर्याएर पहिचान र परीक्षण थाल्न ध्यानाकर्षण गराउनुभएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन सम्पर्क गरी प्राप्त सामग्रीको तत्काल आपूर्ति गर्न र आवश्यक थप उपकरण र सामग्री तत्काल ल्याउने प्रवन्ध मिलाउन आग्रह गर्नुभयो ।

उहाँले कोरोना भाईरस महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा रहेका चिकित्सक, नर्स तथा सबै स्वास्थ्यकर्मी लगायत सुरक्षार्थ खटिने सुरक्षाकर्र्मीहरुको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु आज बिहानबाट वितरण भइरहेको र थप स्वास्थ्य उपकरण तथा सामग्रीहरु यही २१ गते सम्म नेपाल आइपुग्ने जानकारी गराउनु भएको नेपाली काँग्रेसले जनएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button