तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकामा अलपत्र परेका तीन नेपाली महाकाली नदी पार गरी नेपाल प्रवेश

दार्चुला । विगत तीन दिनदेखि भारतको धारचुला पुलपारी अलपत्र परेका नेपालीहरु महाकाली नदी तररे नेपाल प्रवेश गर्न थालेका छन् ।

सोमबार अलपत्र परेककाहरु मध्ये तीन जना नेपाली कामदार महाकाली नदिमा पौडी खेल्दै नेपाल प्रवेश गरेका हुन ।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ का इन्द्र सिंहखाती र धनबहादुर धामी तथा दार्चुलाको मार्मा गाउँपालिका वडा नं ३ का रमेश बिष्ट महाकाली नदीमा पौडिएर दार्चुला आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाकाली नगरपालिकाले खुल्ला मञ्चमा निर्माण गरेको स्थलममा राखिएको छ ।

नेपाल र भारत दुबै देशमा लकडाउन गरिएपछि सिमा नाका बन्द भएकाले पाँच सयभन्दा बढि नेपालीहरु धारचुलामा अलपत्र परेका छन् । धारचुला पु्लमा रहेका नेपालीहरुले नारा जुलुस गर्दै नेपाल प्रवेश गर्न माग गरिरहेका छन् ।

पौडिएर दार्चुला आएका तीन जनालाई नै जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रमा लिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनु भएको छ ।

केन्द्रीयस्तरमा उच्च पदस्त अधिकारीहरुको बैठक बसे पनि पुल खोलेर नेपाल ल्याउने वा नल्याउने भन्ने बारे केही निर्णय नआएकोे प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button