तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसी गाउपालिकामा २० लाख रकमको कोष स्थापना अध्यक्षको तर्फबाट एक लाख

मेलम्ची । भोटेकोसी गाउपालिकाले कोरोना भाईरस(कोभिड–१९) बाट संक्रमित नागरिकहरूको उद्दार तथा उपचारका लागि २० लाख रकमको भोटेकोसी गाउँपालिकास्तरिय कोरोना राहत तथा उद्दार कोष निर्माण गरेको छ ।

कोषमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत तर्फबाट एक लाख एक हजार एक सय ११ रूपैयाँ जम्मा गर्नु भएको छ ।

पालिकाले कोषमा ईच्छुकले रकम जम्मा गर्न आग्रह गरेको छ । ईच्छुकले भोटेकोसी गाउँपालिकास्तरिय कोरोना राहत तथा उद्दार कोषको नेपाल बङ्गलादेश बैंक लि., तातोपानी शाखा, हिन्दी मा रहेको खाता नं ०९२०००१२४१ आर्थिक सहयोग जम्मा गर्न सकिने गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।
त्यस्तै पालिकाले तातोपानी सिमानाकामा ससस्त्र ,नेपाल प्रहरी र मेडिकल टिम परिचालन गरेको छ ।

पालिकामा खाद्यान्न संकट नहोस् भनेर जीवन सुधार सहकारि मार्फत सुपथ मुल्यमा खाद्यान्न बिक्री गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।

पालिकाले दुई वटा गाडी भाडामा लिएर एउटा प्रहरीलाई र एउटा बिरामी बोक्नको लागि प्रयोग गरिरहेको जनाएको छ ।

गाउँपालिकामा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ । ‘गाउँ कार्यपालिका र व्यवसायीसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदै छौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्नुभयोे, ‘डब्लुएचओको मापदण्डअनुसार हेल्थ डेस्क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button