तपाईँ सुन्दै हुनुहुन्छः

भारत वा अन्य देशबाट आएका नागरिकको घरमा रातो झण्डा लगाउने

टीकापुर कैलाली । कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ ले भारत वा अन्य देशबाट आएका नागरिकहरुको घरमा रातो झण्डा लगाउन निर्णय गरेको छ ।

वाड न ९ का जनप्रतिनिधि, स्वयंसेविका र सरोकारवाला बीच आज भएको छलफलपछि बाहिरी देशबाट आएकाहरुको तथ्यांक संकलन गर्न सजिलो होस् भनि घरमा रातो झण्डा लगाउने निर्णय गरेको वडाध्यक्ष खकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

छलफलमा कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय बारे गाउघरमा सचेत गराउने, वडा भित्रका सार्वजनिक ठाउमा सामुहिक रुपमा चाड पर्व नमनाउन प्रचारप्रसार गर्ने, वडा भित्र भारत वा अन्य देशबाट आएको नागारिकको तथ्यांक संकलन गर्ने निर्णय पनि गरेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले वडा भित्रका गाउ टोलहरुमा भारत वा अन्य देशबाट आएको नागरिकको तथ्यांक संकलन आवश्यक भएकोले तथ्यांक संकलन गर्नमा सहयोग गर्न सबैलाइ आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button