तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाद्वारा सुरक्षाकर्मीलाई सेनिटाइजर सहयोग

टीकापुर कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुर नगर कमिटीले सुरक्षाकर्मीहरुलाई सेनिटाइजर हस्तान्तरण गरेको छ ।

कोरना भाइरसको विश्वव्यापी महामारीका बिरुद्ध देश लकडाउनमा रहेका बेला जनताका लागि रात दिन खटिने सुरक्षाकर्मीहरुलाई संक्रमणबाट बच्न सजिलो होस् भनी सेनिटाइजर सहयोग गरेको नेकपाका टीकापुर नगर कमिटी अध्यक्ष खडक शाहले बताउनुभयो ।

नगर कमिटीले २१ हजार बराबरको १३ लिटर सेनिटाइजर आज इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टलाई हस्तान्तरण गरेको हो ।

नायव उपरिक्षक भट्टले सेनिटाइजर प्रदान गरेकोमा धन्यवाद दिदै यसले प्रहरीलाई केही मात्रामा भएपनि काममा सहजता हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button