तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ : चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण

सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री तथा उपकरण कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले (आज) सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई संघीय सरकारका तर्फबाट ती स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गर्नु भएको हो ।

राज्यमन्त्री रावतले चिनिया भाषामा लेखिएका कारण कोरोना परीक्षण गर्ने मेशिन काठमाडौँ मै प्राविधिक चेकजाँचपछि एम्बुलेन्समार्फत एक साता भित्र सुर्खेत ल्याईने जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयका तर्फबाट गाउन–४८० थान, एन–९५ मास्क–४८० थान, सर्जिकल मास्क– १० हजार थान, क्लोरिन–८ ड्रम, आईआर थर्मोमिटर– १० थानसँगै मेडिकल ग्लोब्स–२० हजार थान कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

यता कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले केन्द्र सरकारबाट प्राप्त ती सामाग्रीलाई प्रदेशका दश वटै जिल्लामा वितरण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button