तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आइपुग्यो एक हजार थान पीपीई

सुनसरीे । स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमध्ये एक हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदेश १ सरकारलाई सोमवार पठाएको छ ।

सोमवार नेपाली सेनाको स्काई ट्रकमार्फत् पठाइएको पीपीई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले लिनु भएको छ ।

प्रदेश १ मन्त्रालय मार्फत् एक सय ३७ वटा स्थानीय तहमा पीपीई पठाइने जस अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एक सय ५०, कोशी अस्पताललाई एक सय ५०, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई दुई सय थान र मेची अस्पताललाई ४६ थान दिइनेछ ।

यस्तै सुनसरीलाई २४, धनकुटालाई १४, मोरङ जिल्लालाई ३४, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्बुलाई १६, उदयपुरलाई १६,ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालयमार्फत् वितरण गरिने मन्त्री घिमिरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button