तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना आशंका गरिएका ३ जना आईसोलेसनमा

फाइल तस्बिर

पर्वत । पर्वतमा आज ३ जना कोरोना आशंका गरिएका व्याक्तिलाई आइसोलेसनमा भर्ना गरिएको छ । जिल्ला सदरमुकाम कुश्मा बजार स्थित गुप्तेश्वर क्याम्पसमा बनाईएको आईसोलेसनमा उनीहरुलाई भर्ना गरिएको हो । भर्ना हुनेहरु सबै जलजला गाउँपालिकाका बासिन्दा हुन् ।

भर्ना भएकाहरु बागलुङकी संक्रमित यूवती संग काठमाण्डौबाट यती एयरलाइन्सको विमानबाट आएको हुनाले उनीहरुको परिक्षण गर्न आइसोलेसनमा राखिएको पर्वत अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । उनीहरुको स्वाव आज नै परिक्षणका लागि काठमाडौं पठाइएएको डा. देवकोटाले जानकारी दिनुभयो ।

आईसोलेसनमा रहेकाहरुको अवस्था सामान्य नै रहेको उहाँले बताउनुभयो । आईतवार एक जनाको रिपोर्ट नेगेटिभ देखिएपछि सोमवार आज डिस्चार्ज गरिएको छ । अर्को एक महिला समेत यहिँ रहनुभएको छ । उहाँको रिपोर्ट भोलीसम्म आईपुग्ने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button