तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस विरुद्द बीसीजी खोपको प्रयोगबारे परीक्षण

काठमाडौं । नेपाल लगायतका विश्वका धेरै मुलुकहरुमा नवजात शिशुहरुलाई दिइने क्षयरोग विरुद्दको बीसीजी खोप कोरोना भाइरसबाट बच्न पनि प्रयोग गर्न सकिने आंकलन लगाएर परीक्षण भइरहेको, अमेरिकाको ब्लुमबर्ग समाचार संस्थाले बताएको छ ।

ब्लुमबर्ग समाचार संस्थाका अनुसार विगत एक सय वर्षदेखि क्षयरोग लगायतका रोगहरुबाट बच्न प्रयोग भइरहेको उक्त खोपको कोरोना भाइरस विरुद्दको प्रभावकारिताको प्रमाण जुटाउन अस्ट्रेलियाको मेलबर्न शहरमा रहेका ४ हजार स्वास्थकर्मीमा हाल परिक्षण भइरेको छ ।

उक्त खोपले कारोना भाइरसको संक्रमणबाट उत्पन्न जटिलतालाई केही हदसम्म कम गर्न सक्ने वैज्ञानिकहरुले अनुमान गरेको छन् । उक्त परिक्षणमा पाको उमेरका स्वास्थकर्मीहरुलाई पनि सहभागी गराइएको, ब्लुमबर्ग समाचार संस्थाले जनाएको छ ।

कोराना भाइरस विरुद्दको खोप बनाउन कम्तिमा एक वर्ष लाग्ने भएकाले, बीसीजी खोपको प्रभावकारिताबारे थप अनुसन्धान अपिहार्य रहेको, विश्व स्वास्थ संगठनले बताएको छ ।
अस्ट्रेलियाको मेलबर्न स्थित मर्डक बालअस्पतालका सरुवा रोग विज्ञ डा.नाइजल कर्टिसको नेतृत्वमा भइरहेको उक्त परिक्षणलाई साथ दिन विश्वभरका वैज्ञानिक र चिकित्सकलाई विश्व स्वास्थ संगठनले आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button