तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना महामारी : एकैदिन ६१ हजार ५० जना संक्रमित, ३ हजार ७ सय १६ जना मानिसको ज्यान गयो

काठमाडौँ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका दुई सय देशमा पुगेको छ । पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दूमा यूरोप र अमेरिका परेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट विश्वभरमा ३ हजार ७ सय १६ जना मानिसको ज्यान गएको छ । यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८१ पुगको छ ।

सोमबार ६१ हजार ५० जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ४ सय ४० पुगेको छ । जसमध्ये हालसम्म १ लाख ६५ हजार ३ सय ८७ जना संक्रमित पूर्ण उचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेन र इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । जसमध्ये सोमबार मात्रै स्पेनमा ९१३, इटलीमा ८१२, अमेरिकामा ५६५, फ्रान्समा ४१८, यूके १८०, इरानमा ११७, जर्मनी १०४, नेदरल्याण्ड ९३ तथा बेल्जियममा ८२ जनाको ज्यान गएको छ।

यस्तो छ २०० देशको कोरोना अपडेट तालिका

प्रतिक्रिया राख्नुहोस्

Back to top button