तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड–१९) जाँच अब पाेखराबाट

पाेखरा । कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने मेसिन पोखरा आईपुगेको छ । मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो ।
पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) नामको यो मेसिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सक्नेछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धि थापाका अनुसार अहिले मेसिन प्रयोगशालमा जडानको काम भइरहेको छ ।
सम्भवत यो मेसिनले आजैदेखि कोरोना भाइरसको टेस्ट सुरु गर्नेछ ।मेसिन सहित विज्ञहरुको टोली पनि पोखरा आईपुगेको उपकुलपति थापाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button