तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एम्बुलेन्स र मोटरसाइकल  एकापसमा  ठोक्किंदा एक जनाको मृत्युु

नेपालगन्ज  । बाँकेमा एम्बुलेन्स र मोटरसाइकल  एकापसमा  ठोक्किंदा एक जनाको मृत्युु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ दशविगाह नजिकै आज विहान १० बजे एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकलमा पछाडि सवार  कालिकोट सान्नी त्रिवेणी गाउँपालिका ९ घर भई हाल बाँकेकै बैजनाथ गाँउपालिकास्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत २८ वर्षीया शोभा बटाला केसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाइकल चालक कालीकोट सान्नी त्रिवेणी ९ कै  ५२ वर्षीय डण्ड बिक्रम बिष्ट गम्भीर घाइते हुनुभएको छ । एम्बुलेन्स चालक बारबर्दिया ६ बर्दियाका राम बहादुर थारु भने सामान्य घाइते हुनुभएको छ ।

दुबैको कोहलपुरमा उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button